४ कार्तिक २०८३, बुधबार

एमाले मकवानपुरको ७५१ सदस्यीय निर्वाचन परिचालन कमिटी निर्माण

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

No description available.

हेटौंडा, ५ असोज । नेकपा एमाले मकवानपुरले पार्टी केन्द्रीय निर्वाचन परिचालन कमिटीका सदस्य अनन्त पौडेलको संयोजकत्वमा ७५१ सदस्यीय निर्वाचन परिचालन कमिटी निर्माण गरेको छ ।

एमाले मकवानपुरले पौडेलको संयोजकत्वमा ७५१ सदस्य कमिटी गठन गरेको हो । कमिटीको सह-संयोजक जिल्ला अध्यक्ष एकालाल श्रेष्ठ र सचिवमा पार्टी जिल्ला सचिव नवीन सिग्देल रहेका छन् ।

No description available.

कमिटीका सदस्यहरुमा नेकपा एमालेका जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रदेश कमिटी, जिल्ला कमिटी, जिल्लाका बिभागका सदस्यहरु, भातृ सङ्गठनका केन्द्रीय सदस्य, प्रदेश कमिटी, एमालेका पालिका स्तरीय कमिटीका सदस्यहरु, जिल्ला सल्लाहकार परिषद, कम्युनिस्ट मन्च, निर्वाचित पालिका प्रमुख, उपप्रमुख, जिफन्ट तथा पेशागत महासङ्घका सदस्यहरु, वडाध्यक्षहरुलगायत सदस्य रहने छन् ।

यसैगरी, प्रतिनिधि सभा १ नम्बर क्षेत्रको संयोजकमा रामचन्द्र राई र सचिवमा अनिल बानियाँलाई जिम्मेवारी दिइएको छ ।  क्षेत्र नम्बर १ को ‘क’ मा दिलबहादुर घिसिङ र सचिवमा कृष्ण प्रसाद चौलागाईं र ‘ख’ को संयोजकमा रघुनाथ खुलाल र सचिवमा इन्द्र नेपाललाई एमालेले जिम्मेवारी प्रदान गरेको छ ।

प्रतिनिधि सभा २ नम्बर क्षेत्रमा सुबास चन्द्र ठकुरी संयोजक र मेम्बर लो सचिव रहेका छन् । २ नम्बर क्षेत्रको ‘क’ मा संयोजक बलराम बल र सचिव पार्वती राना, ‘ख’ मा एकराज उप्रेती संयोजक र सचिवमा नरेन्द्रलाल रिजाललाई तोकिएको जिल्ला अध्यक्ष एकालाल श्रेष्ठले जानकारी दिए ।

जिल्ला निर्वाचन परिचालन कमिटी कार्यालय, प्रतिनिधि सभाका २ वटा निर्वाचन कार्यालय र १ नम्बर क्षेत्रको ‘ख’ को कार्यालय जिल्ला पार्टी कार्यालयमा, १ को ‘ख’ को कार्यालय बकैया, २ को ‘क’ को थाहामा र ‘ख’ को कार्यालय मनहरीमा राखिने सचिव नवीन सिग्देलले जानकारी दिए ।