५ कार्तिक २०८३, बिहिबार

भूकम्प पीडितको घरटहरा बनाउन युवा संघ गाउँ पस्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

earth_quake_victim__temporery_home__youth_federation_nepal_217919544 काठमाडौँ, २४ वैशाख । युवा सङ्घ नेपालले भूकम्पबाट क्षतिग्रस्त घरको ठाउँमा स्थानीय स्रोतसाधन प्रयोग गरेर टहरा निर्माण कार्यमा परिचालित हुन आफ्ना देशभरका कार्यकर्तालाई निर्देशन गरेको छ ।

सङ्घले सिन्धुपाल्चोकको भोटेचौरमा आज टहरा बनाउने अभियानको थालनी गर्दै प्रभावित (१३) जिल्लाका आफ्ना जिल्ला, नगर, गाविस र वडा कमिटीलाई सो अभियानमा सक्रिय हुन आग्रह गरेको छ ।

भोटेचौरमा आज नेकपा (एमाले) का केन्द्रीय सदस्य शेरबहादुर तामाङ, सङ्घका अध्यक्ष निरुदेवी पाल, महासचिव राजीव पहारीलगायतले सो अभियानको थालनी गर्नुभएको थियो ।

सङ्घका प्रवक्ता प्रभातविक्रम कटुवाल नेतृत्वको टोली अन्य जिल्लामा पनि पुगी सो अभियान सञ्चालन गर्ने बताउनुभयो । रासस

 

tahara-youth-force