
काठमाडौं, ३ असोज । एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल केसी सरकारको प्रबल जनसेवाश्री बाट विभूषित हुने भएका छन् ।
सरकारले संविधान दिवसको अवसरमा ९९८ जनालाई मानपदवी अलंकार र पदकद्वारा विभूषित गर्ने सूचीमा बैंकर केसीसहित समाजसेवी, कलाकार,उद्यमी व्यससायीहरु समावेश भएका छन् ।
केसी १ चैत २०७३ मा एनएमबिको सीईओमा नियुक्त भएका थिए । केसी त्यसअघि बैंकको डेप्युटी सीईओ पदमा कार्यरत थिए । हाल सीईओ केसीले एनएमबिमा आफ्नो दोस्रो कार्यकाल सम्मालिरहेका छन् ।

एनएमबि बैंकका सीईओ सुनिल केसी
केसीले सन् १९९० मा स्ट्याण्डर्ड चाटर्ड बैंकबाट बैंकिङ करिअर सुरु गरेका थिए । त्यसपछि उनी एक वर्ष तत्कालिन एनआइसी बैंकमा आवद्ध भए । त्यसको केहि समयपछि नै केसी पुनः स्ट्याण्डर्ड चाटर्ड बैंकमै फर्किए । दुई पटक गरेर उनले स्ट्याण्डर्ड चाटर्ड बैंकमा १८ वर्ष काम गरेका थिए ।
एनएमबी बैंकमा भने उनी डेढ दशक अघि डिजिएमका रुपमा प्रवेश गरेका थिए र जीएम, डेप्युटी सीईओ हुँदै हाल सीईओका रुपमा काम गरिरहेका छन् । केसीले भारतबाट एमबीए गरेका थिए । बैंकभित्र ट्रेजरी, कर्पोरेट बैकिङ, फाइनान्स, अपरेशन लगायत क्षेत्रमा बढी काम गरेको अनुभव केसीसँग छ ।
संविधान दिवसको अवसरमा पदक प्राप्त गर्नेको सूची
















प्रतिक्रिया