
हेटौंडा, ३ असोज । राप्रपा नेपालका अध्यक्ष कमल थापाले धर्मनिरपेक्षता र प्रदेशतहको खारेजी आवश्यक रहेको बताएका छन् ।
आज आठौँ संविधान दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै थापाले धर्मनिरपेक्षता र प्रदेशतहको खारेजी आवश्यक रहेको बताएका हुन् ।
सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै थापाले सरकार र दलहरुको मर्यादाहिन व्यवहारको कारण संविधानले सकारात्मक परिवर्तन दिन नसकेको समेत टिप्पणी गरेका छन् । अध्यक्ष थापाले लोकतन्त्रको आवरणमा ब्रम्हलुट र सर्वसत्तावादी प्रवृत्ति हावी भएको बताएका छन् ।
अध्यक्ष थापाले भनेका छन्ः
सरकार र दलहरुको मर्यादाहिन व्यवहारको कारण संविधानले सकारात्मक परिवर्तनको दिन सकेन। लोकतन्त्रको आवरणमा ब्रम्हलुट र सर्वसत्तावादी प्रवृत्ति हावी भएको छ । संविधान पतन हुनबाट जोगाउन दलहरुको व्यवहारमा सुधार अनिवार्य छ। धर्मनिरपेक्षता र प्रदेशतहको खारेजी आवश्यक छ। संविधान दिवसको शुभकामना















प्रतिक्रिया