
काठमाडौं, १ असोज । अभिनेत्री श्वेता खड्का आमा बन्ने भएकी छन् । सामाजिक सञ्जालमार्फत श्वेताले आफू गर्भवती रहेको जानकारी गराएकी हुन् ।

शनिबार इन्स्टाग्राममा गर्भको तस्वीर सार्वजनिक गर्दै श्वेताले आफू आमा बन्न लागेको जनाएकी हुन् ।

अभिनेत्री श्वेताले गत वर्षको कात्तिकमा धनगढीका विजयेन्द्र सिंह राउतसँग विवाह गरेकी थिइन् । श्वेताको उक्त विवाह दोस्रो हो ।

यसअघि श्वेताले नायक श्रीकृष्ण श्रेष्ठसँग २०७१ साल असार २३ गते विवाह गरेकी थिइन् । तर, बिहे भएको करिब एक महिनापछि श्रीकृष्णको २०७१ साल साउन २५ गते भारतमा उपचारका क्रममा निधन भएको थियो ।
नायिका श्वेता खड्का चलचित्र ‘कहाँ भेटिएला’ बाट चलचित्र क्षेत्रमा प्रवेश गरेकी थिइन् ।
















प्रतिक्रिया