
काठमाडौं, १ असोज । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले पहिरो र डुबानबाट भएको मानवीय र भौतिक क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।
वर्षाका कारण अछामको विभिन्न स्थानमा आएको पहिरो र डुबानबाट ठूलो मानवीय र भौतिक क्षति भएकोमा उपराष्ट्रपति पुनले गहिरो दुःख व्यक्त गरेका हुन् ।
अछामको मंगलबजार नगरपालिका, तुर्माखाद र ढकारी गाउँपालिका लगायतका स्थानमा आएको पहिरो तथा डुबानबाट ठूलो मानवीय क्षति भएकोमा आफू स्तब्ध भएको समेत उनले विज्ञप्तिमार्फत जनाएका छन् ।
उनले पहिरोबाट विस्थापितहरुका लागि पर्याप्त राहत र उचित बसोबासको व्यवस्था गर्न सरकारसँग आग्रह गरेका छन् ।















प्रतिक्रिया