१ कार्तिक २०८३, आइतबार

महिला साफ च्याम्पियनशीप : बङ्गलादेश फाइनलमा

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ भदौ । छैटौँ संस्करणको महिला साफ च्याम्पियनशीप फुटबल प्रतियोगितामा भुटानलाई पराजित गर्दै बङ्गलादेश फाइनलमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको पहिलो सेमिफाइनल खेलमा भुटानलाई ८–० गोल अन्तरले पराजित गर्दै बङ्गलादेश फाइनल पुगेको हो ।

अब बङ्गलादेशले आजै हुने अर्को सेमिफाइनल खेलको विजेता टोलीसँग फाइन खेल्ने छ । दोस्रो सेमिफाइनल खेलमा नेपाल र भारत भिड्नेछन् यसको विजेता फाइनल पुग्नेछ ।

नेपाल र भारतबीचको खेल आज साँझ ५ः३० बजे सुरु हुने छ ।