महेन्द्रनगर २४ वैशाख । गत वैशाख १२ गते गएको महाभूकम्पमा परी ज्यान गुमाएका परिवारलाई कञ्चनपुरमा राहत सहयोग प्रदान गरिएको छ ।
सरकारले महाभूकम्पमा परी मृत्यु भएका परिवारहरुलाई काजक्रिया खर्च दिन नसकेका बेला विगत एक दशकदेखि अमेरिकामा बस्दै आएका कञ्चनपुरका युवा आशिष कुवँरले व्यक्तिगत रुपमा यहाँका मृतकका परिवारजनलाई काजक्रिया खर्च सहयोग गरेका हुन् ।
सरकारले महाभूकम्पमा परी मृत्यु भएका परिवारलाई तत्काल काजक्रिया खर्च दिने घोषणा गरेको डेढसाता बितिसक्दा पनि पिडित परिवारले सो रकम पाएका छैनन् । गत वैशाख १२ गते आएको विनाशकारी भूकम्पमा परी काठमाडौंमा ज्यान गुमाएका यहाँका पाँच जनालाई कञ्चनपुरको महेन्द्रनगरका आशिष कुवँरले काजक्रिया दिएका हुन ।
विगत एक दशकदेखि अमेरिकामा बस्दै आएका कुवँरले आफ्ना दाजु आषेफ कुवँर मार्फत सो रकम पीडित परिवारलाई विहीबार वितरण गरेका छन् । अमेरिकामा रहनु भएका कुवँरले आफ्नो गहृ जिल्लाका मृतकका परिवारहरुलाई काजक्रिया गर्न सहयोग पुगोस भनेर ५० हजार रुपैँया पठाएका थिए । सो रकम बाडफाँड गरी वितरण गरेको उहाँका दाजु आषेफ कुवँरले बताउनुभयो ।

‘थुप्रै ठाउँबाट सहयोग दिने घोषणा भइरहेका बेला म लाई पनि गृहनगरका मृतकलाई राहत पुर्याउने मन लाग्यो ।’ उहाँले भन्नुभयो-‘मेरो सहयोगले पीडितलाई काजक्रिया गर्न सहयोग पुगोस । ३१ बर्षीय युवक आशिष अमेरिकाको ट्याक्सेसमा मोडलिङ्ग र जागिर गर्दै आएका छन् । काठमाडौंमा भूकम्पमा परी कञ्चनपुरका विभिन्न गाविस र नगरपालिकाका पाँच जनाले हालसम्म ज्यान गुमाएका छन् ।
भीमदत्तनगरपालिका–१३ पिपरीयाका हरक कामी, देखतभुली गाविस–१ चान्देउका पत्रकार केपी अनमोलका श्रीमती, छोरी र भाइले समेत ज्यान गुमाएका थिए । भने भीमदत्तनगरपालिका–१८ बागबानीका १७ बर्षीय शिवा थापा मगरको पनि भूकम्पमा परि मृत्यु भएको उहाँको परिवारले जनाएको छ ।

पत्रकार केपी अनमोलका श्रीमती, भाइ र छोरीको चर्चमा ध्यान गरिरहेका बेला आएको भूकम्पमा परी घर भत्किँदा मृत्यु भएको थियो । भने पिपरीयाका हरक कामी गोंगबु बसपार्कमा होटलमा बसिरहेका बेला भाग्ने क्रममा च्यापिएका थिए । त्यसैगरी बागबानीका शिवा थापा मगर कामको शिलशिलामा लक्ष्मीनगरस्थित बुटवल होटल रहेका बेला आएको भुकम्पले होटल भत्किँदा च्यापिएका थिए ।















प्रतिक्रिया