१४ कार्तिक २०८३, शनिबार

भूकम्प प्रभावित क्षेत्रमा विप्लव माओवादीका कार्यकर्ता परिचालन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Netra-Bikram-Chandकाठमाडौँ, २४ वैशाख । नेकपा माओवादीले भूकम्प प्रभावित क्षेत्रमा भूकम्प नगएका क्षेत्रका कार्यकर्ता परिचालन गरेकोे छ । महासचिव नेत्रविक्रम चन्दले कार्यकर्तालाई जनताको सेवामा खट्न आज निर्देशन दिनुभयो ।

उहाँले आफ्नो पार्टी जनताको सेवा गर्न जिम्मेवार रहेको भन्दै भूकम्प प्रभावित जिल्लामा २०० सङ्ख्यामा कार्यकर्ता पठाउन लागिएको बताउनुभयो ।

महासचिव चन्दले मकवानपुर र ओखलढुङ्गामा पार्टीको स्थानीय तहका नेताले सेवा गर्न लागेकाले तीबाहेक राज्यले सङ्कट घोषणा गरेका १२ जिल्लामा टोली परिचालन गरिने जानकारी दिनुभयो ।

एक जिल्लामा एक केन्द्रीय सदस्यको नेतृत्वमा शुक्रबार बिहान भूकम्प प्रभावित क्षेत्रमा टोली जान लागेको उहाँले बताउनुभयो ।

उहाँले प्रत्येक जिल्लामा १०/१० जनाको दुई टोली भूकम्प प्रभावित क्षेत्रमा पुगेर आवश्यक उद्धार, जनचेतना र तत्काल बस्न अस्थायी घरटहरा निर्माण गर्ने जानकारी दिनुभयो । रासस