४ कार्तिक २०८३, बुधबार

आईएमई–पेसँग डिजिटल दशैं तिहार : डिजिटल भुक्तानी गर्दा लाखौंँको उपहार पक्का !

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० भदौ । भुक्तानी सेवा प्रदायक, आईएमई–पेले पहिलो पटक भव्य स्तरमा ‘आईएमई–पे डिजिटल दशैं तिहार २०७९’ अफर सार्वजनिक गरेको छ ।

नेपालीहरूको महान चाड, दशैं, तिहार तथा छठको पावन अवसरमा उक्त अफर सार्वजनिक गरिएको कम्पनीको भनाइ छ । आगामी शनिबार अर्थात् असोज १ गतेदेखि कात्तिक १५ गतेसम्म ४६ दिन कायम रहने योजनामा लाखौँको उपकार पक्का रहेको कम्पनीले जनाएको छ ।

अनलाइन शपिङ साइट, दराजसँगको सहकार्यमा आईएमई–पेले सार्वजनिक गरेको यो अफरमा आईएमई–पेमार्फत अफर अवधिभरी कुनै पनि भुक्तानी गर्दा दैनिकमा सामसङको स्मार्टफोन, गोल्डस्टारको जुत्ता तथा डिशहोमको २०० एमबीपीएसको एक वर्षे फाइबरनेटका अतिरिक्त आईपी टीभीको प्याकेज समेत पाउने छन् । त्यस्तै दराजको हजारौँ भाउचर कोडदेखि एक जना भाग्यशाली विजेतालाई चन्द्रागिरि केबलकारको लाइफटाइम एक्सेस र दुईजना भाग्यशाली विजेतालाई बम्परमा राफ्ट मोटर्सको वारिअर ई–स्कुटर पनि उपहार स्वरुप प्रदान गरिने कम्पनीले जानकारी दिएको छ ।

आईएमई–पे मोबाइल वालेटमार्फत विभिन्न कार्य तथा सेवाहरूको लागि सहजै अनलाइन भुक्तान गर्न सकिन्छ । यसै डिजिटल भुक्तानी सुविधालाई ग्राहकहरू माझ अझ बढावा दिन यस महा–अफरमार्फत आईएमई–पेबाट विभिन्न भुक्तानी गरेबापत पनि उपहारहरू प्रदान गरिने कम्पनीको भनाइ छ ।

अफर अवधिभरी आईएमई–पेबाट क्यूआर भुक्तानी गर्ने पाँच जना भाग्यशाली विजेताले सामसङ स्मार्टवाच चार थान, मोबाइल रिचार्ज गर्ने एक जना भाग्यशाली विजेताले एप्पल म्याकबुक एयर १३.६ एमटू, हवाइ टिकट काट्ने दुई जना भाग्यशाली विजेताले एक तोला २४ क्यारेट सुन, आईएमई–पेमा बैंकको खाता लिङ्क गर्ने दुई जना भाग्यशाली विजेताले सामसङ ग्यालेक्सी ट्याब एस सेवेन प्लस र आईएमई–पेको भिसा कार्डबाट भुक्तानी गर्ने दुई जना भाग्यशाली विजेताले सामसङ स्मार्ट टीभी (५५ इन्च) प्राप्त गर्ने छन् ।

चाडपर्व कै अवसर पारी आईएमई–पेमार्फत क्रिस्टल डाइग्नोस्टिक, सिनामंगलमा भुक्तानी गर्दा प्रयोगकर्ताहरुले १५% छुट र हिमाल डेन्टलमा १५% छुट पनि प्राप्त गर्न सक्ने छन् । साथै आईएमई–पेको प्रयोगकर्ताहरुले आईएमई–पे एपमा कुनै पनि कारोबार गरेको आर्थिक बिवरण हिमाल डेन्टलमा देखाएमा निःशुल्क ओपीडी चेक–अप पनि पाउने बताइएको छ ।