२ कार्तिक २०८३, सोमबार

हेटौंडाकी बारिसालाई भेट्ने भारतीय अभिनेत्रीको चाहना

8.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rashmika Mandanna

हेटौंडा, ३० भदौ । दक्षिण भारतको सुपरहिट फिल्म ‘पुष्पा’की अभिनेत्री रश्मिका मन्दनाले आफू अभिनित फिल्म पुष्पाको ‘सामी सामी’ बोलको गीतमा अभिनय गरेका नेपाली बालबालिकाहरुलाई भेट गर्न चाहेको उल्लेख गरेकी छन् ।

नेपाली बालबालिकाहरुले नाँचेको भिडियो अहिले टिकटक लगाएत फेसबुक, ट्वीटर लगाएत सामाजिक संजालमा भाइरल भएको छ । आफू अभिनित ‘सामी सामी’ गीतमा बालबालिका नाँचेको मन परेपछि अभिनेत्री रश्मिका ट्वीटरमा रिट्वीट गर्दै ‘म यो प्यारीलाई भेट्न चाहन्छु, म कसरी गर्न सक्छु ?’ भन्दै प्रश्न समेत गरेकी छन् ।

उक्त भिडियोमा देखिएका बालबालिकाहरु मकवानपुरको हेटौंडा-९ स्थित रसल एकेडेमीको यूकेजीमा अध्ययनरत बारिसा क्षेत्रीलगायत यूकेजी समूहका विद्यार्थीहरु हुन् ।

https://www.tiktok.com/@whiteink56/video/7141413052741668123?_r=1&_t=8VguaONcKlF&is_from_webapp=v1&item_id=7141413052741668123

विद्यालयको अतिरिक्त क्रियाकलापमा बारिसा लगायत उनका साथीहरुले नाच्दै गरेको भिडियो सोही विद्यालयकी तत्कालीन शिक्षिका रोशनी कार्कीले ७ महिना अघि कैद गरेकी थिइन् । कार्कीले उक्त भिडियो ५ दिन अघि टिकटकमा पोस्ट गरेकी थिइन् । कार्कीले विद्यार्थीहरुले अभिनय गरेको भिडियो मन परेर टिकटकमा पोस्ट गरेको प्रतिक्रिया दिइन् ।

 

रसल एकेडेमीका प्रिन्सिपल सरोज पौडेलका अनुसार विद्यार्थी आफैँले उक्त गीत ‘सामी सामी’ रोजेर नाचेका थिए । ‘भिडियो ७ महिना अघिको हो । शुक्रबार अतिरिक्त क्रियाकलाप थियो । हामीले सिकाएको होइन ।  पौडेलले भने, यो कुनै प्रतिस्पर्धा थिएन । प्रतिस्पर्धा भएको भए नेपाली गीतमा नाच्न लगाइन्थ्यो । धेरैलाई मन परेर होला । अहिले भिडियो भाइरल भइरहेको रहेछ ।’

उक्त भिडियोलाई धेरै बलियुड कलाकारहरुले शेयर गर्दै मन परेको प्रतिक्रिया दिइरहेका छन् ।