काठमाडौं, ३० भदौ । श्रीलंकामा सम्पन्न साफ यू–१७ फुटबल च्याम्पियनसीपको उपाधि भारतले हात पारेको छ ।
गएराति कोलम्बोको रेस कोर्स ग्राउण्डमा सम्पन्न फाइनल खेलमा नेपाललाई ४–० ले पराजित गर्दै भारतले उपाधि हात पारेको हो । भारतको जितमा बोबी सिंह, भान्लाल्पेका गुइटे, कोरोउ सिंह र अमनले एक एक गोल गरे । .
समूह चरणको खेलमा भने नेपालले भारतलाई ३–१ गोल अन्तरले पराजित गरेको थियो । सेमिफाइनलमा आयोजक श्रीलंकालाई ६–० गोल अन्तरले पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको थियो भने भारतले बंगलादेशलाई २–१ ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो ।
प्रतिक्रिया
सम्बन्धित
सिफारिस