४ कार्तिक २०८३, बुधबार

२० औं पटक अनसन बसेका डा. केसीको स्वास्थ्य अवस्था बिग्रीयो

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

No description available.

काठमाडौं, २९ भदौ । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारसहितको माग राख्दै २० औं पटक अनसन बसेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रीएको छ ।

सोमबारबाट प्रधानमन्त्री शेरबहादुर देउवाको गृहनगर धनगढीमा अनसन बसेका डा. केसीको स्वास्थ्य अवस्था बिग्रीएको हो। आज नियमित जाँच गर्दा रगतमा गुलुकोजको मात्र कमी र पिसाबको समस्या देखिएको चिकित्सकले बताएका छन् ।

चिकित्सकको टोलीले अस्पताल भर्ना गर्न भनेपनि केसीले अस्विकार गरेका छन् । अवस्था जटिल भएपनि आफूलाई कुनै औषधि नचढाउन उनले आग्रह गरेको केसीका सहयोगी अमृत जैसीले जानकारी दिए ।

आफ्ना माग र आफूसंग गरिएका सहमति कार्यान्वयनको माग राख्दै डा. केसी धनगढीको लक्ष्मीनारायण मन्दिरको धर्मशालामा अनसनरत रहेका छन् ।