बुधबार, १९ वैशाख २०८१
DainikNepal.com
बुधबार, १९ वैशाख २०८१

साफ यू–१७: उपाधिको लागि नेपाल र भारत भिड्दै

दैनिक नेपाल २०७९ भदौ २९ गते ११:१५

काठमाडौं, २९ भदौ । श्रीलंकामा जारी साफ यू–१७ फुटबल च्याम्पियनसीप उपाधिको लागि आज बुधबार नेपाल र भारत भिड्ने भएका छन् ।

खेल श्रीलंकाको कोलम्बोको रेस कोर्स ग्राउण्डमा नेपाली समयअनुसार राति सवा ८ बजेपछि सुरु हुनेछ ।

सोमबार सेमिफाइनलमा आयोजक श्रीलंकालाई ६–० गोल अन्तरले पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको थियो भने भारतले बंगलादेशलाई २–१ ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित