१ कार्तिक २०८३, आइतबार

साफ यू–१७: उपाधिको लागि नेपाल र भारत भिड्दै

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ भदौ । श्रीलंकामा जारी साफ यू–१७ फुटबल च्याम्पियनसीप उपाधिको लागि आज बुधबार नेपाल र भारत भिड्ने भएका छन् ।

खेल श्रीलंकाको कोलम्बोको रेस कोर्स ग्राउण्डमा नेपाली समयअनुसार राति सवा ८ बजेपछि सुरु हुनेछ ।

सोमबार सेमिफाइनलमा आयोजक श्रीलंकालाई ६–० गोल अन्तरले पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको थियो भने भारतले बंगलादेशलाई २–१ ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो ।