काठमाण्डौ, २६ भदौ । नेपाली राष्ट्रिय फुटबल टोलीका प्रमुख प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले पदबाट राजीनामा दिएको घोषणा गरेका छन् ।
अल्मुताइरीले आइतबार समाजिक सञ्जालमार्फत आफ्नो नेपाली टिमसंगको पाँच सय २५ दिनको यात्रा टुङ्गिएको घोषणा गरेका हुन् ।
अल्मुताइरीले भनेका छन्ः
नेपाली फुटबलको सेवामा ५२५ दिनपछि नेपाली राष्ट्रिय टोलीको प्रशिक्षक पदमा आफ्नो कार्यकाल समाप्त भएको घोषणा गर्दछु । खुशी, माया, दु:ख र पीडा बिनाको यो यात्रामा मलाई साथ दिनुहुने सबैलाई धन्यवाद। एउटा टिम, जय नेपाल
पछिल्लो समय राष्ट्रिय टिमका खेलाडीहरुसंगको विवादपछि अल्मुताइरी विदामा बसेका थिए ।
प्रतिक्रिया
सम्बन्धित
सिफारिस