पाँचथर, २४ वैशाख । तिव्र गतिमा रहेको यात्रुबहाक जिप अनियन्त्रित भई भीरबाट खस्दा ताप्लेजुङमा ६ जनाको मृत्यु भएको छ ।ताप्लेजुङको छेतम्बुबाट सदरमुकाम फुङ्लिङतर्फ आउँदै गरेको यात्रुबाहक जिप दुर्घटना हुँदा छ जनाको मृत्यु भएको हो ।
ताप्लेजुङ नगरपालिका-८ मा पर्ने ल्याङ्बामा मे१ज ५७२८ नम्बरको जिप भिरबाट तल खस्दा दुर्घटना भएको स्थानीय चेतनाथ दाहालले जानकारी दिनुभयो ।
दुर्घटनामा परी नौ जना घाइते भएका छन् । घाइतेमध्ये दुईको अवस्था गम्भीर छ । उद्धारका लागि प्रहरी टोली घटना स्थलमा पुगेको छ । दुर्घटनामा मृत्यु हुनेको सनाखत हुन सकेको छैन भने घटनाबारे विस्तृत जानकारी आउन बाँकी छ । रासस












प्रतिक्रिया