४ कार्तिक २०८३, बुधबार

१ लाख १५ हजार म्यादी प्रहरीको लागि भर्ना खुल्यो

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ भदौ । ४ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि १ लाख १५ हजार जना म्यादी प्रहरीका लागि भर्ना खुलेको छ।

नेपाल प्रहरी प्रधान कार्यालयको मानवश्रोत विकास विभाग भर्ना छनोट शाखाले ४० दिनको सेवा अवधिका लागि एक लाख १५ हजार म्यादी प्रहरीका लागि भर्ना खुला गरेको हो।

म्यादी प्रहरीमा भर्ना हुन इच्छुकले यही भदौ ३० गतेदेखि असोज ६ गतेसम्म दरखास्त दिन सक्ने छन्। दरखास्त सबै जिल्लाका जिल्ला प्रहरी कार्यालयमा दिन सकिने छ। १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका र साधारण लेखपढ गर्न जान्नेहरुले दरखास्त दिन सक्ने छन्।

म्यादी प्रहरीले प्रतिदिन ८ सय ६९ रूपैयाँको दरले ४० दिन सम्म गरी जम्मा ३४ हजार ७६० रूपैयाँ पारिश्रमिक प्राप्त गर्नेछन्। साथै खाद्यान्न बापत प्रति व्यक्ति एकमुष्ट ७ हजार २०० रूपैयाँ गर्नेछन् भने हिमाली जिल्लामा खटिने म्यादी प्रहरीको हकमा जिल्लाको न्यूनतम राशन दररेट अनुसारको रकम पाउने नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ।