
काठमाण्डौ, २५ भदौ । ठूलो लगानीमा बनेको बलिउड चलचित्र ‘ब्रह्मास्त्र’ पनि पाइरेसीको चपेटामा परेको छ।
अभिनेता रणवीर कपूर र अभिनेत्री आलिया भट्ट अभिनित फिल्म ‘ब्रह्मास्त्र’ शुक्रबार रिलिज भएको ३ घण्टामै अनलाइनमा लिक भएको हो ।
४ सय १० करोड लगानीमा बनेको यो फिल्म अहिलै धेरै पाइरेसी साइटमा एचडी क्वालिटीमा उपलब्ध छ ।
भारतीय सञ्चार माध्यमका अनुसार फिल्म तमिल रकर्स, मूवीरुल्ज, फिल्मिजिला, १२३ मुभिज, टोरेन्ट र टेलिग्राम जस्ता अनलाइनहरूमा लिक भएको छ । यसले आगामी केही दिन फिल्मको बक्स अफिस कलेक्सनमा नराम्रो असर पर्न सक्ने र फिल्मका निर्माताले ठूलो घाटा बेहोर्नु पर्ने भारतीय सञ्चार माध्यमले जनाएको छ ।
यसअघि आमिर खानको ‘लाल सिंह चड्ढा’, अक्षय कुमारको ‘रक्षाबन्धन’ र रणवीर कपूरको ‘शमशेरा’ जस्ता भर्खरै रिलिज भएका चलचित्रहरू पनि पाइरेसीको सिकार बनेको थियो ।















प्रतिक्रिया