हेटौंडा, २४ भदौ । मकवानपुरको हेटौंडा-१० न्यरेनी घर भएर हेटौंडा-४ पारिजातपथमा डेरा बस्ने २३ वर्षीय संजिप तामाङ सुतेकै ठाउँमा मृत भेटिएका छन्।
संजिप शुक्रबार बिहान ओछ्यानमै मृत भेटिएका हुन्। गएराति राति खाना खाएर सुतेका संजिप बिहान ५ बजेसम्म नउठेपछि उनकी आमाले बोलाउन जादाँ मृत अवस्थमा भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए ।
घटनाको आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।















प्रतिक्रिया