काठमाण्डौ, २४ भदौ । नेपाल चेपाङ संघको केन्द्रीय अध्यक्षमा संविधानसभा सदस्य गोविन्दराम चेपाङ विजयी भएका छन् । चितवनमा सम्पन्न ५ औं महाधिवेशनमा चितवनकी सुनिमाया चेपाङलाई पराजित गर्दै मकवानपुरका गोविन्दराम विजयी भएका हुन् ।
नेतृत्वको लागि भएको निर्वाचनमा १ सय २३ मत ल्याएर मकवानपुरका गोविन्दराम विजयी हुँदा उनका प्रतिस्पर्धी सुनमाया चेपाङले ९२ मत प्राप्त गरिन् । संघको वरिष्ठ उपाध्यक्षमा गोर्खाका बिलबहादुर चेपाङ, उपाध्यक्षमा धादिङकी सुमित्रा चेपाङ र महासचिवमा चितवनका सन्तबहादुर चेपाङ निर्वाचित भएका छन् ।
त्यसैगरी, दुई जना सचिवमा धादिङका सुरेन्द्र चेपाङ र चितवनका भरतलाल चेपाङ विजयी भएका छन् भने कोषाध्यक्षमा गोरखाका आइतसिंह चेपाङ निर्विरोध निर्वाचित भएका छन् । संघमा चितवनबाट ७ जना, मकवानपुरबाट ६ जना, धादिङबाट ५ जना, गोरखाबाट ३ जना र लमजुङ एवं तनहुँबाट १–१ जना सदस्य निर्विरोध निर्वाचित भएका छन् । संघमा ३५ सदस्यीय रहनेमा ३० जना निर्वाचित भएका छन् भने ५ जना पछि मनोनित् हुने बताइएको छ ।















प्रतिक्रिया