काठमाण्डौं, २४ भदौ । नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य सामान्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार प्रतितोला ९३ हजार आठ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार तोलामा एक सय रुपैयाँले बढेर ९३ हजार ९ सय रुपैयाँ कायम भएको छ । तेजावी सुन प्रतितोला ९३ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ।
यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार चाँदी प्रतितोलामा १५ रुपैयाँले बढेर ११ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।















प्रतिक्रिया