काठमाडौं, २४ वैशाख । गत वैशाख १२ गते आएको विनाशकारी भूकम्पपछि स-साना भूकम्प आउने क्रम निरन्तर जारी छ । त्यही क्रममा नुवाकोटलाई केन्द्रविन्दु बनाएर आज विहान लगातार दुई वटा भूकम्प गएका छन् ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ३ः४१ मा नुवाकोट केन्द्रबिन्दु बनाएर ४.२ रिक्टर स्केल र बिहान ७ः५६ मा ४.० रिक्टर स्केलको अर्को भूकम्प गएको छ । पछिल्लो पराकम्पनका कारण कुनै मानवीय क्षति भने नभएको केन्द्रले जनाएको छ ।
केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार हालसम्म ४ रिक्टर स्केलमाथिका १४९ वटा पराकम्पन भएको छ ।
उहाँले स-साना भूकम्पले केही असर नगर्ने भएकाले नआत्तिन आग्रह समेत गर्नुभयो । केही दिनमा भूकम्प आउने क्रम रोकिने भूकम्प मापन केन्द्रले जनाएको छ ।












प्रतिक्रिया