
काठमाडौं, २३ भदौ । भोलि शुक्रबारदेखि प्रदर्शन हुन लागेको नेपाली चलचित्र ‘ऐना झ्यालको पुतली’ टिमले चलचित्रलाई सिनेमा हलहरुले शो नदिएको भन्दै आपत्ति जनाएको छ ।
रिपोर्टर्स क्लब नेपालमा आज (बिहीबार) पत्रकार सम्मेलनको आयोजना गरेर फिल्म टिमले आपत्ति जनाएको हो ।
चलचित्रका निर्देशक तथा निर्माता सुजित बिडारीले भोलिदेखि रिलिज हुने आफ्नो फिल्मको प्रदर्शन समय नै थाहा नभएको भन्दै आपक्ति जनाएका छन् । फिल्म क्षेत्रमा भइरहेको पछिल्लो अवस्थाबारे आफुले केही पत्ता नपाएको उनले बताए ।
उनले भने, ‘मैले फिल्म बनाए पनि फिल्म देशाउनेहरुले हेलचक्राई गर्दा हाम्रो औचित्यमाथि प्रश्नचिन्ह खडा भयो की । हामीले समाज र परिवारको कुरा गर्छौ, त्यो कुराप्रति संवेदनशिल हिनता हो यो, यो त अति नै चित्त दुख्ने कुरा हो । यहाँ सबैको अधिकार छ ।’
फिल्म प्रदर्शन व्यापार हो भन्दै उनले सित्तैमा शो देखाउन सिनेमा हललाई नभनेको समेत स्पष्ट पारे । उनले आफ्नो फिल्मको शो कुन–कुन हलमा छ भनेर दर्शकले हेर्न चाहे त्यसबारे आफुले जवाफ दिन नसकेको गुनासो पोखे ।
फिल्म शो को समयबारे प्रश्न सोध्ने ठाउँ कहाँ हो त्यसबारे पनि आफुलाई केही थाहा नभएको उनको भनाइ छ । ‘चलचित्र विकास बोर्डमा गएर सोध्दा एउटा निवेदन लिएर आउनुस्, निवेदन आएपछि रिलिज हुन्छ भनेर जवाफ दिनुभयो,’ उनले भने, ‘क्विक एक्सन केही हुनुपथ्र्यो होला ।’















प्रतिक्रिया