काठमाडौं, २३ भदौ । क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा बिहीबार बिहान भएको जमैका तल्लावाज र सेन्ट लुसिया किंग्स बीचको खेलमा पनि सन्दीप लामिछाने मैदान बाहिरै रहेका छन्।
जमैकाले सन्दीपलाई प्लेइंग इलेभेनमा समावेश गरेको छैन्। सन्दीपले खेल खेल्ने अवसर पाएका छैनन्। सन्दीप केहिदिन अघि सीपीएल खेल्न क्यारेबियन पुगेका थिए ।
यता, नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान समेत रहेका सन्दीपलाई नाबालिका बलात्कारको आरोप लागेको छ । सन्दीपले हालसम्म कुनै प्रतिक्रिया दिएका छैनन्। नेपाल फर्किएलगत्तै उनलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गर्ने प्रहरीको तयारी रहेको छ ।















प्रतिक्रिया