५ कार्तिक २०८३, बिहिबार

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ भदौ । अर्थमन्त्री जनार्दन शर्मा फिलिपिन्समा आयोजना हुने एशियाली विकास बैंकको बोर्ड अफ गभर्नरको ५५ औं वार्षिक बैठकमा सहभागी हुने भएका छन् ।

आगामी असोज १० गतेदेखि १४ गतेसम्म हुने वार्षिक बैठकमा अर्थमन्त्री शर्मा सहभागी हुन लागेको बुधबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थमन्त्री शर्मा नेतृत्वको नेपाली प्रतिनिधिमण्डललाई सो वार्षिक बैठकमा सहभागी हुन स्वीकृति प्रदान गर्ने निर्णय गरेको मन्त्री कार्कीले बताए ।

यसैगरी, मन्त्री कार्कीले दक्षिण कोरियाबाट फर्केका श्रमिक कामदारहरुको स्थिर पुनएकीकरणसम्बन्धि आयोजना संचालनका लागि प्राप्त हुने ८ मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्विकार गर्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको बताए ।

यसैगरी, मन्त्रिपरिषद् बैठकले तीन स्थानीय तहको केन्द्र परिवर्तनका लागि स्वीकृति दिने निर्णय गरेको छ ।

मन्त्री कार्कीका अनुसार जाजरकोटको छेडागाड नगरपालिका, डोल्पाको मुड्केचुला गाउँपालिका र डोल्पाकै जगदुल्ला गाउँपालिकाकाको केन्द्र परिवर्तनका गर्न सरकारले स्वीकृति दिएको छ ।

यस्ता छन् मन्त्रिपरिषद् बैठक निर्णयहरुः