२ कार्तिक २०८३, सोमबार

दाताको भित्री स्वार्थका कारण सरकार र दातृ निकायबीच किचलो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sindhupalchok-photo2काठमाडौं, २४ वैशाख । दातृ निकायले सरकारी संयन्त्र अस्वीकार गरी सिधै आफू या निकटका अन्तर्राष्ट्रिय, राष्ट्रिय गैससबाट भूकम्प पीडित सहायता खर्च गर्ने रणनीति लिएपछि विवाद उत्पन्न भएको छ ।

एकाधबाहेक दातृ निकायले घोषित सहायता रकम प्रधानमन्त्री दैवी प्रकोप राहत तथा पुनस्थापना कोषमा जम्मा गर्न चाहेका छैनन् ।

भूकम्प पीडितको पुनस्थापना र ध्वस्त संरचना पुर्ननिमार्ण गर्न सहयोग परिचालन प्रक्रियालाई लिएर सरकार र दातृ निकायबीच विवाद उत्पन्न भएको कान्तिपुर दैनिकले छापेको छ ।

३ दर्जन मुलुक र २० अन्तर्राष्ट्रिय दातृ संस्थाले उल्लेख्य भौतिक सहयोग घोषणा गरेका छन् ।