२ कार्तिक २०८३, सोमबार

उद्दारमा खटिएका प्रहरीको तलब काटियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ookhaldhunga-bhukamapa (3)काठमाडौं, २४ वैशाख । प्रधानमन्त्री दैविकप्रकोप उद्धार कोषका लागि सुरक्षा संगठनले विपद्को बेला खोजी उद्धार र राहतमा दिनरात खटिएका संगठनका सदस्यको तलब काट्न थालेका छन् ।
सशस्त्र र नेपाल प्रहरीले कार्यालय सहायकको समेत २ दिनको तलब काटेर कोषमा दाखिला गरेका छन्। नेपाली सेनाले सहयोग रकम घोषणा गरेको छैन ।
सशस्त्र प्रहरी बलले ४ दिन अगाडि आफ्ना ३५ हजार सदस्यको तलब काटेर ६ करोड ३४ लाख २५ हजार रुपैयाँ दिएको थियो। बुधबार नेपाल प्रहरीले पनि सशस्त्रकै शैलीमा संगठन सदस्यको तलब काटेर १० करोड १ सय ११ रुपैयाँको राहत कोषमा दिने घोषणा गरेको छ।
दुबै संगठनले सबै सदस्यको समानरुपमा तलब भने काटेको छैन ।
दुबैले एसएसपीदेखी माथिल्लोतहका अधिकारीको १५ दिनको तलब काटेका छन्। इन्सपेक्टरदेखी एसपीसम्मको तहका अधिकारीको १० दिनको तलब सई र असईको ५ दिनको, हवल्दार र जवानको ३ दिनको र कार्यालय सहायको २ दिनको तलब काटेर राहत कोषमा रकम जम्मा गरेको हो । आजको नागरिक दैनिकमा समाचार छ ।