
लण्डन, २० भदौ । कन्जरभेटिभ्स पार्टीकी नेत्री लिज ट्रस बेलायतकी नयाँ प्रधानमन्त्री बन्ने भएकी छन् ।
अहिले विदेशमन्त्री रहेकी ट्रसले कन्जरभेटिभ्स पार्टीको नेतृत्वका लागि भएको चुनावमा जित हात पारेसँगै उनी बेलायतकी नयाँ प्रधानमन्त्री बन्ने भएकी हुन् ।
बीबीसीका अनुसार सोमबार दिउँसो चुनावी नतिजा सार्वजनिक भएको हो । नतिजामा भारतीय मूलका अर्का प्रतिस्पर्धी ऋषि सुनक पराजित भएका हुन् ।
बेलायतको तल्लो संसदमा कन्जरभेटिभ्स पार्टीको एकल बहुमत छ । संसदमा बहुमत भएकाले कन्जरभेटिभ्स पार्टीका नेता नै प्रधानमन्त्री बन्ने छन् ।
यो जितसँगै ४७ वर्षीया ट्रस प्रधानमन्त्री बन्ने तेस्रो बेलायती महिला बनेकी छन् । यसअघि मार्गेट थ्याचर र थेरेसा मे बेलायतका प्रधानमन्त्री बनेका थिए । एजेन्सी















प्रतिक्रिया