
काठमाडौं, १९ भदौ । साहित्यकार, नाट्य–चलचित्र निर्देशक प्रकाश आङदेम्बेको अङ्ग्रेजी भाषाको नाट्यकृति ‘लेप्मुहाङ’ र गजलकार थुक्तेन डुक्पाको गजलकृति ‘फर्केर पुर्व’ डेनमार्कमा विमोचन भएको छ ।
एसोसिएसन अफ भुटनिज कम्युनिटिस इन डेनमार्क र अन्तराष्ट्रिय साहित्य समाज डेनमार्क च्याप्टरको संयुक्त आयोजनामा केहि दिन अगाडी मिडलफर्ट, डेनमार्कमा एक भव्य कार्यक्रमकाबिच दुई कृतिहरु एक साथ विमोचन गरिएको थियो ।
कार्यक्रममा आफ्नो मन्तव्य राख्दै कृतिकार प्रकाश आङदेम्बेले भने ‘हामी अहिले यस्तो देशमा उभिएर हाम्रो कृति विमोचन गरिरहेका छौं, जहाँ संसारको जुनै भूगोलबाट ल्याएको सामान, ढुंगा, रुखहरूको समेत रेकर्ड, इतिहास राखिन्छ ।
त्यस्तो देशमा उभिइरहदाँ हामीले सम्झनु पर्छ हामीले रुख र ढुंगा जत्ती पनि आफ्नो पहिचान जोगाउन सकेका छौं कि छैनौ ?’ अर्का स्रष्टा ड्रक्पाले भने ‘नेपाली भाषामा मेरो ठूलो ज्ञान छैन तर यो भाषाको असाध्यै माया लाग्छ ।
यी सृजनाहरू ज्ञानले होइन सायद मनले लेखें ।’ यसैगरी कार्यक्रमका प्रमुख अथिति एनआरएन डेनमार्कका अध्यक्ष शैलेन्द्र अधिकारीले पनिदुवै कृतिकारलाई बधाई दिए ।

‘लेप्मुहाङ’ लिम्बू जातिको मिथकीय पात्र हुन् । वर्तमान संसारको सृष्टि उनले गरेको कथ्य मुन्धुममा उल्लेख छ । तर आज मानिसहरू अह्म, स्वार्थको चंगुलमा यति निकृष्ट भैसके कि लेप्मुहाङ स्वयम् सम्झाउनलाई प्रकट भए पनि उसैलाई लखेट्न सक्छन् भन्ने व्यङ्य छ ।
त्यसै गरी ‘फर्केर पुर्वमा’ स्रष्टाले आफुले भूटानी शरणार्थी अवस्थाम ाभोगेका कथा, व्यथा, भूटानी निरङकुस शासनप्रतिको विद्रोह, डेनमार्क पुर्नवास भएपछिको मानसिक अवस्था र केही प्रेम प्रसङग कागजलहरू समावेश गरेका छन् । लेप्मुहाङ’ कृतिलाई द नेशन्स फ्यालङस् अमेरिका र ‘फर्केर पुर्व’लाई गजलमञ्च भूटानले प्रकाश गरेको हो ।
कार्यक्रमा सुदर्शन पोखरेल, भक्तराज राई, माइत लिम्बू ‘सानो मान्छे’, रमेश घिमिरे, चम्पा राई, भोलानाथ अधिकारी आदिले आफ्ना सृजनाहरू बाचन गरेका थिए ।
एसोसिएसन अफ भुटनिज कम्युनिटिस इन डेनमार्कका महिला कलाकारहरूले संगीनि नाच समते प्रस्तुत गरेका थिए । कार्यक्रमका अध्यक्षता पुर्ण दाहालले गरेका थिए ।















प्रतिक्रिया