
काठमाडौं, १८ भदौ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी बागलुङ निर्वाचन क्षेत्र नं. १ र उपाध्यक्ष लुर्गा पौडेल प्युठानबाट निर्वाचन लड्ने भएका छन् ।
आज शनिबार बसेको पार्टी संसदीय बोर्डको बैठकले अध्यक्ष केसी र उपाध्यक्ष पौडेलको उम्मेदवारीलाई अन्तिम रूप लिएको हो ।
बैठकले विभिन्न जिल्लाबाट प्रदेश तथा केन्द्रका लागि सिफारिश भई आएका उम्मेदवारको सूचिमाथि पनि छलफल गरिरहेको जनाएको छ ।















प्रतिक्रिया