४ कार्तिक २०८३, बुधबार

नागरिकता विधेयक पारित गरेर गठबन्धनले राष्ट्रघात गर्‍यो, चुनावी एजेण्डा बनाउँछौँ : राप्रपा नेपाल

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ भदौ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नागरिकता विधेयक पारित गरी गठबन्धन सरकारले राष्ट्रघात गरेको आरोप लगाएका छन् ।

गठबन्धनले गरेको उक्त राष्ट्रघातपूर्ण कदमलाई आफ्नो पार्टीले आसन्न निर्वाचनमा मुख्य एजेण्डा बनाएर जाने अध्यक्ष थापाको भनाइ छ ।

आज शनिबार राप्रपा नेपाल काठमाडौंद्वारा आयोजित वृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै थापाले भने, ‘वर्तमान गठबन्धन सरकारले गरेको राष्ट्रघातलाई चुनावी अभियानका क्रममा राप्रपा नेपालले ‘भण्डाभोर अभियान’ चलाउने छ ।’

राप्रपा नेपालले न्यायलयबाट ‘गाई चिन्ह’ पाउने आशा गरेको बताउँदै थापाले अधिकारबाट राप्रपा नेपाललाई वञ्चित गराइयो भने संघर्षमा जाने उद्घोष समेत गरे ।