४ कार्तिक २०८३, बुधबार

भारत नेपालको आर्थिक विकासको सहयात्री हो : नेपाल–भारत उद्योग वाणिज्य संघ

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ भदौ । नेपाल–भारत उद्योग वाणिज्य संघले छिमिेकी मुलुक भारत नेपालको आर्थिक विकासको सहयात्री भएको बताएको छ ।

नव नियुक्त अर्थसचिव कृष्णहरि पुष्करसँग हिजो शुक्रबार शिष्टाचार भेट गरी संघले नेपालको अन्तराष्ट्रिय व्यापारको दुई तिहाई हिस्सा ओगटेको ठूलो व्यावसायिक साझेदार भारत भएको बताउँदै सो कुरा बताएको हो ।

सो भेटमा संघकी अध्यक्ष सृजना राणाले भनिन्, ‘भारत नेपालको अन्तराष्ट्रिय व्यापारको दुई तिहाई हिस्सा ओगटेको ठूलो व्यावसायिक साझेदार भएको र पारवहनसम्बन्धी मामिलामा निर्भरता १००%, नेपालको अन्तराष्ट्रिय व्यापारमा पारवहन निर्भरता ९०%, त्यस्तै नेपालमा आएको विदेशी लगानीमध्ये ४०% का साथै २०% पर्यटक भारतबाटै आउने गरेको कारण पनि भारत नेपालको आर्थिक विकासका सहयात्री बनिरहेको छ ।’

नेपाको आर्थिक विकासमा भारतीय सहयोग तथा लगानी आकर्षित गर्न संघले निरन्तर सहजकर्ताको भूमिका निर्वाह गर्दै आएको पनि उनले बताएकी छिन् । अध्यक्ष राणाले भारतीय पर्यटन प्रवर्द्धन गर्न संघले नेपाल–भारत संयुक्त पर्यटन कार्यदलको तेस्रो बैठकको आयोजना गराउन पनि भारतीय दूतावासमार्फत पहल गर्दै गरेको जानकारी सो अवसरमा गराएकी छिन् ।

नेपालमा भारतीय लगानी आकर्षित गर्दै लगानी भित्र्याउनका लागि संघले आफ्नो बृहत्तर कार्यक्रम नेपाल–भारत लगानी सम्मेलनको योजना गरेको र त्यसमा मन्त्रालयको सक्रिय सहभागिता तथा सहयोगका लागि पनि अध्यक्ष राणाले अनुरोध गरेकी छिन् ।

नेपालको आर्थिक विकासको दृष्टिकोणले तय गरिने हरेक कार्यमा अर्थ मन्त्रालय प्रमुख सरोकारवाला निकाय भएको तथा लगानी तथा ब्यापारको दृष्टिकोणबाट संघ पनि प्रमुख सरोकारवाला संस्था भएको कारण मन्त्रालयले भबिष्यमा गर्ने हरेक कार्यक्रममा संघलाई पनि समेट्न र सहकार्य गर्न पनि अध्यक्ष राणाले अर्थ सचिवसमक्ष आग्रह गरेकी छिन् ।