
इनरुवा, १८ भदौ । सुनसरीको कोसी गाउँपालिका–१ मा आज दुर्घटनामा परी दुई जना प्रहरीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सप्तरी सप्तकोसी नगरपालिका–३ का प्रहरी हवल्दार दुर्गानन्द चौधरी र सशस्त्र प्रहरी सहायक हवल्दार प्रकाश गोजेवार रहेका छन् ।
पश्चिमबाट पूर्वतर्फ गइरहेको बा ६० प ४४९२ नंको मोटरसाइकललाई पिपरीत दिशाबाट आउँदै गरेको को २ च २६४९ नंको पिकअप भ्यानले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु भएको हो ।
ठक्करबाट चौधरीको घटनास्थलमा र गोजेवारको उपचारका क्रममा जिल्ला अस्पताल इनरुवामा मृत्यु भएको प्रहरीले जनाएको छ ।
चौधरी श्रम तथा रोजगार मन्त्रालय प्रदेश नं १ मा कार्यरत थिए भने गोजेवार मोरङको धनपतिमा कार्यरत थिए ।















प्रतिक्रिया