
धादिङ, १८ भदौ । नेकपा एकीकृत समाजवादीका पोलिटव्यूरो सदस्य एवम् सहरी विकास मन्त्री मेटमणि चौधरीले माधव नेपालले नेतृत्व गरेको पार्टी कहिल्यै कमजोर नहुने बताएका छन् ।
एकीकृत समाजवादी गल्छी गाउँपालिकाले आयोजना गरेको कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा मन्त्री चौधरी सो कुरा बताएका हुन् ।
‘माधव नेपालले जहिल्यै पार्टी निर्माण गर्नुभएको छ । कम्युनिष्ट पार्टीको सङ्गठन बनाएर विशाल पार्टी बनाउने नेता हो उहाँ । लाखौंलाख कार्यकर्ता निर्माण गरेर नेपालको कम्युनिष्ट आन्दोलनलाई लोकप्रिय बनाउने नेता हो उहाँ,’ उनले भने, ‘शान्ति, संविधान र लोकतन्त्रका निम्ति जीवन समर्पण गरेको नेता हो माधव नेपाल । त्यसकारण तपाइँहरु ढुक्क हुनुस्, माधव नेपालले नेतृत्व गरेका पार्टी कहिल्लै कमजोर हुदैन ।’















प्रतिक्रिया