४ कार्तिक २०८३, बुधबार

फोन–पे एक्सिलेक्स् इन फिनटेक इनोभेशन अवार्डबाट सम्मानित

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ भदौ । नेपालको अनलाइन भुक्तानी प्रणाली प्लेटफर्म फोन–पे पेमेन्ट सर्भिस लिमिटेड भिसाको ‘एक्सिलेन्स इन फिनटेक इनोभेशन, २०२२’ अवार्डबाट सम्मानित भएको छ ।

भिसा लिडरशीप कन्क्लेभ–पेमेन्ट्स इनोभेशन फर डिजिटल नेपालको आयोजनामा भएको एक कार्यक्रममा फोन–पेलाई सम्मान गरिएको हो । कार्यक्रममा डिजिटल नेपाल निर्माणमा योगदान दिने अन्य कम्पनीहरुलाई पनि सम्मान गरिएको थियो ।

फोन–पे नेटवर्कमा आबद्ध कुनै पनि बैंक तथा वित्तीय संस्था, विभिन्न भुक्तानी सेवाप्रदायक मोबाइल एप्सबाट सहजै क्यूआरमार्फत भुक्तानी गर्न सकिन्छ । साथै फोन–पेमार्फत अन्तरबैंक फण्ड ट्रान्सफर, हब पेमेन्ट लगायत कारोबार पनि गर्न सकिने कम्पनीले बताएको छ ।

फोन–पे पेमेन्ट सर्भिस लिमिटेड नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त भुक्तानी प्रणाली सञ्चालक हो । फोन–पे नेटवर्कमा ६० वटा बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवा सेवाप्रदायक आबद्ध छन् ।