
काठमाडौं, १७ भदौ । नक्कली परीक्षार्थी बनेर अर्काको नाममा सवारी चालकको ट्रायल (प्रयोगात्मक परीक्षा) दिने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा टुकुसिंह तामाङ र राज कुमार श्रीमल छन् । उनीहरूलाई काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट खटिएको टोलीले भक्तपुरको राधेराधे ट्रायल सेन्टरबाट आज गरेको प्रहरीले बताएको छ ।
सिन्धुलीको दुधौली नगरपालिका–१४ घर भएका मनिष प्रसाद सेढाईको नाममा ट्रायल दिँदै गर्दा सोही ठाउँका २१ वर्षीय टुकुसिंह तामाङ र गोरखाको भिमसेनस्थान गाउँपालिका घर भएका ओमहरि ताम्राकारको नाममा ट्रायल दिँदै गर्दा सोही ठाउँका २२ वर्षीय राजकुमार श्रीमल पक्राउ परेका हुन् ।
गत साउन १९ गतेदेखि हालसम्म त्यस्ता ६ जना नक्कली परिक्षार्थीहरुलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी सम्बन्धित प्रहरी कार्यालयहरुमा पठाएको बताएको छ ।















प्रतिक्रिया