
काठमाडौं, १७ भदौ । राष्ट्रिय सभाका विषयगत समितिका सभापतिहरुको निर्वाचन भदौ २३ गते हुने भएको छ ।
राष्ट्रियसभाका विषयगत समितिका सभापतिहरु कार्यकाल सकिएर गत फागुन २१ गते कार्यकाल विदा भएका थिए । रिक्त राष्ट्रियसभा सदस्य पदमा गत माघ १२ गते नयाँ सदस्य निर्वाचित भएका थिए, उनीहरु राष्ट्रियसभामा क्रियाशील छन् ।
दलहरूबीचमा समिति भागबन्डा मिलेपछि चुनावको मिति तय भएको हो । राष्ट्रिय सभाका चार समितिमा चार दलले भागबन्डा मिलाएका छन् ।
जसअनुसार दीगो विकास तथा सुशासन समितिमा नेपाली कांग्रेसका प्रकाश पन्त, राष्ट्रिय सरोकार तथा समन्वय समितिमा एमालेकी पार्वती रावल रहने सहमति भएको छ ।
प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा माओवादी केन्द्रका मायाप्रसाद शर्मा र विधायन समितिमा नेकपा एकीकृत समाजवादीका वेदुराम भुसाल रहने सहमति भएको बताइएको छ ।















प्रतिक्रिया