४ कार्तिक २०८३, बुधबार

डिजिटल युगसँग अभ्यस्त गराउन आयो ई–कमर्श साथी

882
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रानीपौवा (पोखरा), १७ भदौ । डिजिटल मिडियासँग सम्बन्धित विभिन्न गतिविधि गर्ने उद्देश्यसहित पोखराको रानीपौवामा ई–कमर्श साथी खुल्ने भएको छ ।

नयाँ प्रविधिको जमानामा डिजिटल युगसँग अभ्यस्त गराउन ई–कमर्श साथी खोल्न लागिएको कम्पनीका अध्यक्ष विजय कुमालले जानकारी दिए ।

ई–कमर्श साथीले विभिन्न डिजिटलसम्बन्धी काम गर्ने अध्यक्ष कुमालले बताए । मोबाइल एपको निर्माण, सफ्टवेयरको डिजाइन, डिजिटल मार्केटिङ्ग, वेबसाइट डिजाइन, ग्राफिक डिजाइन, सोसल मिडिया म्यानेजमेन्टको काम गर्दछ । जसले गर्दा दैनिक जीवनमा सहज, व्यावसायिक र प्रविधिसँग अभ्यस्त हुन सहज गराउने अध्यक्ष कुमालको भनाइ छ ।

व्यापार प्रवर्द्धन होस् वा दैनिक जीवन अब डिजिटल प्रणाली नै एक मात्र विकल्प भएको उनले बताए । डिजिटल प्रविधिको यो युगमा डिजिटलसम्बन्धी सम्पूर्ण सेवा र तालिम दिइने समेत अध्यक्ष कुमालले जानकारी दिएका छन् ।

यसैगरी ई–कमर्श प्रालिले डिजिटल मार्केटिङ्ग तालिम, वेबसाइट डिजाइन, डिजिटल पत्रकारिता, एफलाईट मार्केटिङ्ग, ई–कमर्श विजनेश र ग्राफिक्स डिजाइनसम्बन्धी तालिम समेत दिइने संस्थाले जनाएको छ ।

संस्थाले सेवा शुभारम्भको अवसरमा सेवामा ६०% र तालिममा ३० प्रतिशत विशेष छूट दिने व्यवस्था गरिएको पनि जनाएको छ ।