
काठमाडौं, १७ भदौ । विभिन्न खालको राजनीतिक दाउपेचको भुमरीमा परिरहेको बुढीगण्डकी जलविद्युत् निर्माणका लागि कम्पनी स्थापना गरिएको छ ।
उक्त आयोजना निर्माणका लागि हालै ‘बुढीगण्डकी जलविद्युत् पब्लिक लिमिटेड कम्पनी’ दर्था गरिएको छ । उक्त कम्पनी कम्पनी रजिष्ट्रारको कार्यालय काठमाडौंमा दर्ता भएको बताइएको छ । उक्त नामको कम्पनीको प्रमाणपत्र आज मात्रै कार्यालयले ऊर्जा मन्त्रालयलाई हस्तान्तरण गरेको जानकारी दिएको छ ।
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको बुढीगण्डकी जलाशयुक्त आयोजना कम्पनी मोडलमा निर्माण गर्नका लागि सरकारले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेत प्रबन्ध गरेको छ ।
कूल एक हजार दुई सय मेगावाट क्षमताको सो आयोजना स्वदेशी लगानीमा निर्माण गर्ने कि विदेशी कम्पनीलाई दिने भन्ने सन्दर्भमा लामो समयसम्म ठोस निर्णय हुन नसक्दा प्रक्रिया अगाडि बढ्न सकेको थिएन ।















प्रतिक्रिया