४ कार्तिक २०८३, बुधबार

नेकपा एस सर्लाहीको कमिटी नै फर्कियो, पाँच सय जना कार्यकर्ता एमाले प्रवेश

742
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरधाम, १७ भदौ । नेकपा एस सर्लाहीको पूरै कमिटी नेकपा एमालेमा फर्किएको छ ।

नेकपा एस जिल्ला कमिटी सर्लाहीका उपाध्यक्ष देवेन्द्र यादवको नेतृत्वमा अध्यक्षबाहेक कमिटीका सबै पदाधिकारी र सदस्यहरू एमालेमा प्रवेश गरेका हुन् ।

सर्लाहीको मलङ्गवामा आज आयोजित एक समारोहबीच यादवसहित कमिटीका सबै नेताहरू एमालेमा प्रवेश गरेका हुन् । एमाले फर्किनेमा उपाध्यक्ष यादवसहित गोविन्द अधिकारी, चुडामणि वाग्लेलगायत प्रदेश कमिटी र जिल्ला कमिटीका नेता–कार्यकर्ता छन् ।

उनीहरूको साथमा जिल्लाका ५०० जना कार्याकर्ता पनि एमालेमा प्रवेश गरेका छन् । उनीहरूलाई पूर्वसांसद हरि उप्रेतीलगायतले पार्टीमा स्वागत गरेका छन् ।