
तनहुँ, १७ भदौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) तनहुँले आगामी मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि भोलि र पर्सी उम्मेदवार सिफारिस गर्ने भएको छ ।
पार्टी अध्यक्ष श्रीप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको सचिवालय बैठकले भोलि अर्थात् भदौ १८ गते प्रदेशसभा तथा पर्सी अर्थात् भदौ १९ गते प्रतिनिधिसभाको उम्मेदवार सिफारिस गरी केन्द्रमा पठाउने निर्णय गरेको हो ।
प्रदेशसभा सदस्य सिफारिसका लागि प्रदेशसभा निर्वाचन समन्वय कमिटीको बैठक बसी प्रदेशसभाका प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारको नाम सिफारिश गर्नेछ । यसरी नाम सिफारिस गर्दा प्रत्यक्षतर्फ कम्तीमा एक जना महिलासहित तीन जनाको नाम सर्वसम्मत सिफारिस गर्नुपर्ने छ ।
त्यसैगरी प्रतिनिधिसभा क्षेत्रीय निर्वाचन क्षेत्रीय समन्वय कमिटीको बैठक बसी प्रतिनिधसभाका प्रत्यक्ष र समानुपातिक तर्फका उम्मेदवारहरूको नाम सिफारिस गर्नेछ । यसरी नाम सिफारिस गर्दा प्रत्यक्षतर्फ एक जना महिलासहित तीन जनाको नाम सर्वसम्मत सिफारिस गर्नुपर्नेछ ।
यसैगरी क्षेत्रीय समन्वय कमिटीबाट आएको नामलाई भदौ २० गते जिल्ला कमिटीको बैठक बसी प्रदेशमा सिफारिस गर्ने बताइएको छ ।















प्रतिक्रिया