
काठमाडौं, १६ भदौ । नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ ।
निगमले बिहीबार (आजै) मध्यरातिदेखि लागू हुने गरी डिजेल र मट्टीतेलमा प्रतिलिटर ६ रुपैयाँ मूल्य बढाएको छ । मूल्य बढेसँगै डिजेल र मट्टीतेल अब लिटरको १७८ रुपैयाँ पर्ने भएको छ ।
निगमले बिहीबार भारतीय आयल कर्पोरेसन (आइओसी) बाट नयाँ मूल्यसूची प्राप्त भएको जानकारी दिँदै मूल्य समायोजन गरिएको जनाएको छ ।
निगमले यो पटक पेट्रोल, हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत नै राखेको छ । हाल पेट्रोल लिटरको १८१ रूपैयाँ र एलपी ग्यास एक हजार ८ सय रूपैयाँ छ । हवाइ इन्धन (आन्तरिक) को प्रतिलिटर १९० रूपैयाँ छ ।इण्डियन आयल कर्पोरेशनले मूल्य घटाएर पठाउँदा मूल्य समायोजन गर्न नमानेको नियमले बढेर आएको मूल्य भने तत्काल समायोजन गरेको छ ।
पछिल्लो मूल्य समायोजनपश्चात पनि निगमलाई आगामी १५ दिनमा करिब ३० करोड ५२ लाख रुपैयाँ नोक्सानी हुने बताइएको छ ।
















प्रतिक्रिया