४ कार्तिक २०८३, बुधबार

चार वर्षपछि सिटी सेन्टरमा पुनः सञ्चालनमा आयो फुडकोट

952
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ भदौ । कमलपोखरीस्थित सिटी सेन्टरमा रहेको फुडकोट करिब चार वर्षपछि पुनः सञ्चालनमा आएको छ ।

कोरोना महामारीअघि बन्द भएको बिग मुभिजसँगै रहेको फुडकोट नयाँ व्यवस्थापनसहित सञ्चालनमा आएको
हो । टीटीएफसी नाममा सञ्चालनको आएको उक्त फुडकोट हिजो बुधबारदेखि औपचारिक रुपमा सञ्चालनमा ल्याइएको हो ।

बुधबार एक औपचारिक कार्यक्रमबीच सञ्चालनमा आएको टीटीएफसीको कार्यकारी सञ्चालकमा रोजल शाही र मन्चिन शाक्य रहेका छन् । टीटीएफसीमा बार, कपिशप र फुड आइटमको स्टल रहेको छ । ।

विस्तारै अन्य भेराइटीका स्टलहरु पनि थपिँदै जाने सञ्चालकमध्येका रोजल शाहीले बताए । उनले भने, ‘लामो समय यो फुडकोट बन्द थियो । जसका कारण यहाँ नियमित ग्राहकले समेत बिर्सँदै गएका थिए । अब हामी विस्तारै यहाँको सेवा बढाउँदै लैजानेछौं ।’

सिटी सेन्टरको चौथो तलामा रहेको टीटीएफसीसँगै बिग मुभिज रहेको छ । फुडकोट बन्द हुँदा सिनेमा हेर्न आउनेहरुलाई खाजाका लागि बाहिर क्याफे जानु पर्ने अवस्था निम्तिएको थियो । तर, टीटीएफसी सञ्चालनमा आएसँगै सजिलो हुने भएको छ ।

सिनेमा हेर्न आउने दर्शकका लागि मात्र नभएर बाहिर ग्राहकका लागि समेत लक्षित गरेर टीटीएफसी सञ्चालनमा ल्याएको अर्को सञ्चालक मन्चिन शाक्यले बताए । ग्राहकको मागअनुसार टीटीएफसीले लाईभ म्युजिकल इन्टरटेनमेन्ट समेत प्रदान गर्ने उनले बताए ।