
काठमाडौं, १६ भदौ । नजिकिदो दशैं, तिहार, छठ र नेपाल सम्वत् जस्ता चाडपर्वहरूका अवसरमा रेमिटेन्स सेवाप्रदायक कम्पनी आईएमईले आम सेवाग्राहीहरूलाई लक्षित गर्दै सेवाग्राहीमुखी दशैं अफर ‘आईएमई साथैमा, मोबाइल हातैमा र १० लाख खातैमा’ सार्वजनिक गरेको छ ।
अफर अनुसार विदेशबाट आईएमईमार्फत आएको रकम प्राप्त गर्ने सेवाग्राहीहरूमध्ये दैनिक एक जनालाई सामसङ मोबाइल उपहार स्वरूप प्रदान गरिने कम्पनीले बताएको छ । साथै, हरेक हप्ता आईएमई–पे मोबाइल वालेट खातामा रकम प्राप्त गर्ने दुई जनालाई जनही रू. २५ हजार उपहारस्वरूप प्रदान गरिने पनि कम्पनीको भनाइ छ ।
त्यस्तै अफर अवधिमा एक जना भाग्यशाली विजेतालाई १० लाख रूपैयाँ नगद प्रदान गरिने छ ।
हिजो बुधबार पानीपोखरी काठमाडौंस्थित आईएमई केन्द्रीय कार्यालयमा फेसबुक लाइभमार्फत उक्त अफर सार्वजनिक गरिएको हो । अफर सार्वजनिक कार्यक्रममा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल, ब्राण्ड एम्बासडर दीपकराज गिरि, आईएमई ग्रुपका भाइस प्रेसिडेन्ट रूद्रराज पौडेललगायत ग्रुपमा कार्यरत कर्मचारीहरूको उपस्थिति थियो ।
अफर सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले आईएमईले आफ्नो स्थापनादेखि नै यस्ता अफर ल्याउँदै आएको स्मरण गर्दै यस्ता अफरले सेवाग्राही, व्यावसायिक साझेदार र कम्पनीबीचको त्रिपक्षीय सम्बन्धलाई मजबुत बनाउने बताए ।
देशको आर्थिक क्रियाकलापमा रेमिटेन्सको भूमिका महत्त्वपूर्ण छ भन्ने कुरा अहिले आएर झनै प्रष्ट भएको बताउँदै उनले विदेशबाट आउने रेमिटेन्स बढाउन सबैले अ–आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्नेमा जोड दिए ।
रेमिटेन्स आप्रवाहलाई बढाउन, रेमिटेन्स पठाउँदा औपचारिक माध्यमबाट नै पठाउन यस्ता अफरहरूको आवश्यकता पर्ने अध्यक्ष ढकालको भनाइ छ ।















प्रतिक्रिया