४ कार्तिक २०८३, बुधबार

प्रतिनिधिसभाको कार्यकाल लम्ब्याउन नयाँ विधेयक ल्याउने तयारीमा सरकार

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ भदौ । सरकारले प्रतिनिधिसभाको कार्यकाल लम्ब्याउन नयाँ विधेयक ल्याउने तयारी गरिरहेको पाइएको छ ।

आगामी मंसिर ४ गतेका लागि आम निर्वाचन घोषणा भइसकेको अवस्थामा प्रतिनिधिसभाको अधिवेशन जारी रहने कि समाप्त हुने ? जारी रहे महत्वपूर्ण विजनेशमा काम अगाडि बढाउने कि नबढाउने भन्ने विषयमा चर्चा र बहस भइरहेको बेलामा सरकारले संसदको आयु नै लम्ब्याउनेगरी विधेयक ल्याउने तयारी गरेको हो ।

सरकारले प्रतिनिधिसभाको पहिलो बैठक बसेको मितिलाई कार्यकाल सुरुवातको मिति मान्ने र निर्वाचनपछि पहिलो बैठक नबस्दासम्म कार्यकाल रहनेगरी नयाँ विधेयक ल्याउने तयारी गरिरहेको छ ।

यो विधेयक संसदमा आएर अहिले नै पारित भएको खण्डमा चालू प्रतिनिधिसभाको कार्यकाल आगामी मंसिर ४ गतेको निर्वाचनपछि बस्ने पहिलो बैठकपछि मात्रै समाप्त हुने छ ।