
पोर्चुगल, १६ भदौ । पोर्चुगलका स्वास्थ्य मन्त्री मार्टा टेमिडोले एक भारतीय गर्भवती महिलाको मृत्यु भएपछि मंगलबार राजीनामा दिएकी छिन् ।
स्वास्थ्यमन्त्रीले दिएको राजीनामा प्रधानमन्त्री एन्टोनियो कोस्टाले स्वीकारेका छन् । महिलाको मृत्यु भएको केही घण्टा वित्न नपाउँदै उनले राजीनामा दिएको समाचारहरूमा जनाइएको छ ।
एउटा अस्पतालबाट अर्कोमा लैजादैँ गर्दा हृदयघातका कारण ३४ वर्षीया टेमिडोको मृत्यु भएको बताइएको छ ।
अस्पतालले हेलचेक्र्याइँका कारण ती महिलाको मृत्यु भएको बताइएको छ । ‘अस्पतालमा कर्मचारी अभाव भएका कारण एक भारतीय गर्भवती महिलाको मृत्यु भएको’ भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
महिलाको मृत्युपछि देशको स्वास्थ्य प्रणालीलाई लिएर आलोचना भएपछि स्वास्थ्यमन्त्रीले पदबाट राजीनामा दिएको समाचारमा उल्लेख छ ।















प्रतिक्रिया