४ कार्तिक २०८३, बुधबार

गणेशबहादुर शाही एकीकृत समाजवादीबाट एमालेमै फर्किए

896
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ भदौ । एकीकृत समाजवादीका कर्णाली प्रदेश कमिटीका सदस्य गणेशबहादुर शाही एमालेमा फर्किएका छन् ।

अध्यक्ष केपी शर्मा ओलीले डोल्पाका स्थानीय नेता शाहीलाई बिहीबार खादा लगाई पार्टी प्रवेश गराएका हुन् । शाही पार्टी प्रवेशका लागि अध्यक्षको निवास बालकोट गएका थिए ।

उनीसँगै जीवनबहादुर शाहीलगायत पनि एमालेमा प्रवेश गरेका छन् ।

बुधबार ओलीले कञ्चनपुर पुगेर एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेश अध्यक्ष करवीर चौधरी, तारा लामालगायतलाई एमाले प्रवेश गराएका थिए ।