काठमाडौं, २३ वैशाख । मानव बेचविखनविरुद्ध कार्यरत संस्था केआई नेपालले भारतमा बेचित लागेको दश चेलीलाई सीप सिकाएर घर पठाएको छ ।
केआई नेपालले सीप तथा तालिम केन्द्रमा रहेका १० जना चेलीलाई बुधबार घर फिर्ता गरेको हो । एकवर्षे निःशुल्क सीपमुलक तालिम लिएर उनीहरु घर फर्किएका हुन् । केआईले उनीहरुलाई सिलाइकटाई र ब्यूटिपार्लर तालिम दिएको थियो ।
संस्थाले आफूले सिकेको सीपलाई सदुपयोग गरी आयआर्जन गर्न सक्षम हुन भन्ने उद्देश्यले सिलाई मेसिनका दिएर उनीहरुलाई विदाई गरेको सीपमुलक तालिम केन्द्र हात्तिवनका तालिम सयोजक साबित्री घिमिरेले बताउनुभयो ।
रोजगारीमा लगाइदिने भन्दै दलालले भारततर्फ लैजादै गरेका उनीहरुलाई संस्थाले सीमाबाट उद्धार गरेको थियो । भारतमा बेचिनबाट बचाएर संस्थाले सीप दिएर आत्मनिर्भर बनाएपछि उनीहरुले आफ्नो जीवनको लक्ष्य परिवर्तन भएको बताएका छन् ।
केआई नेपालले विगत ८ वर्षदेखि महिला तथा बालबालिका बेचबिखन बिरुद्घमा बिभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ । बिशेषगरी नेपाल, भारत नाकाहरुमा मानव बेचबिखनबिरुद्धमा निगरानी गर्ने, परामर्श गर्ने र मानव बेचबिखन विरुद्धमा सचेतना अभियान सञ्चालन गर्दै आइरहेको छ । साथै नाका क्षेत्र तथा प्रभावित क्षेत्रबाट बेचबिखनमा परेका महिला तथा बालबालिकाहरुलाई उद्धार, पुनस्र्थापना र पुनःएकीकरणको बिभिन्न कार्यक्रमहरु समेत सचालन गर्दै आइरहेको छ ।
यस्तै केआई नेपालले विभिन्न डान्सबार, क्याबिन रेष्टुरेष्ट तथा मसाज पार्लर जस्त क्षेत्रमा दासत्वपुर्ण जीवन बिताइ रहेका महिला तथा बालिकाहरुको उद्धार, पुनस्र्थापना र उनीहरुको बैकल्पिक शिक्षा र क्षमताको पहिचान गरि बैकल्पिक पेशा, ब्यबसायमा लगाउन प्रोत्साहन गराउने उद्देश्यले नयाँ जिवन कार्यक्रम पनि सुरु गरेको छ ।
स्वयंम ब्यक्ति, परिवार, समाज र सरोकारवाला निकायहरुलाई नैतिक जिम्मेवारको बोध गराउदै दासत्वपुर्ण र हिंसाजन्य ब्यबहारमा लगाउन वा जान दिनु अपराध हो भन्ने महसुस गर्दै नैतिक, सामाजिक रुपले स्वीकार योग्य गतिबिधिहरुमा अग्रसर हुन र गराउन आफुहरु अगाडि बढेको केआई नेपालका राष्ट्रिय निर्देशक रमेश सापकोटाले बताउनुभयो ।
विषेश गरी १८ वर्ष भन्दा मुनिका बालिकाहरुलाई डान्सबार, क्याबिन रेष्टु्रेण्ट, मसाज पार्लर, भट्टीपसल, होटल, घरेलु श्रमिक, गलैचा मजदुर, इट्टा भट्टा जस्ता जोखिमपुर्ण क्षेत्रबाट उद्धार गरि आत्मनिर्भर बनाउने साथै बजारमा सजिलैसँग निर्यात हुने सीप र रोजगारीको खोजगरी सृजना गर्ने योजना अनुसार नयाँ कार्यक्रम ल्याइएको केआई नेपालका कार्यक्रम निर्देशक रामहरि अधिकारीले जानकारी दिनुभयो ।















प्रतिक्रिया