४ कार्तिक २०८३, बुधबार

एफपीओ जारी गर्न मिर्मिरे लघुवित्तले दियो धितोपत्र बोर्डमा निवेदन

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ भदौ । एफपीओ जारी गर्न मिर्मिरे लघुवित्तले धितोपत्र बोर्डमा निवेदन दिएको छ ।

बुद्धज्योति लघुवित्तलाई गाभेर आजैदेखि एकीकृत कारोबार शुरू गरेको संस्थाले फरदर पब्लिक अफरिङ (एफपीओ) जारी गर्न अनुमति माग्दै धितोपत्र बोर्डमा निवेदन दिएको हो ।

एकीकृत कारोबारपछि स्वाप रेशियो १ः०.७६ निर्धारण गर्दा वित्तीय संस्थाको कुल चुक्ता पुँजी ५३ करोड १२ लाख ५ हजार ३८८रुपैयाँ हुने छ । साथै, नेपाल राष्ट्र बैंकबाट २०७९ साउन ३० गतेको स्वीकृति पत्रानुसार संस्थापक समूह र सर्वसाधारण समूहको शेयर स्वामित्व प्रतिशत ७०ः३० कायम गर्ने प्रयोजनका लागि एफपीओ जारि गर्ने स्वीकृति प्राप्त भएको जानकारी दिँदै संस्थाले त्यसका लागि प्रक्रिया अघि बढाएको वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत पुष्कर राज जोशीले बताए ।

एकीकृत कारोबार पश्चात मिर्मिरेको चुक्ता पुँजी ५३ करोड १२ लाख ५ हजार ३८८, अधिकृत पुँजी ६० करोड, शाखा संख्या १५१ वटा हुनेछ भने लगानीमा रहिरहेको कर्जा रकम ८ अर्ब ७२ करोड, ऋणी सदस्य संख्या ५९ हजार ७०० जना कुल सदस्य संख्या १ लाख ३२ हजार १९३ जनार निक्षेप संकलन २ अर्ब ६८ करोड तीन लाख ९ हजार ३२८ रहेको छ ।