काठमाडौं, २३ वैशाख । विनाशकारी भूकम्पबाट पीडितहरुको उद्धारका लागि कलंकीका युवाहरु जागरुक भएका छन् । यसैक्रममा नेपाल विद्यार्थी संघ काठमाडौं क्षेत्र नं. ९ को अगुवाईमा कलंकीका युवाहरुले उद्धार अभियान तीव्ररुपमा अघि बढाइरहेका छन् ।
संघको पहलमा पीडितहरुलाई राहत प्रदान, स्वास्थ्य सेवा प्रदान, सरसफाई लगायत विविधि गतिविधि गरिरहेको जानकारी दिँदै सभापति विजय मोक्तानले अभियानलाई निरन्तरता दिइरहने बताए ।
भूकम्पको मौका छोपी कालोबजारी गर्ने, बढी भाडा असुल्नेहरुलाई प्रहरीमा बुझाउनेदेखि पीडितका घाउमा मल्हम लगाउनेसम्म काम गरेको संघले हालसम्म २ लाख भन्दा बढी यात्रुहरुलाई घर फर्किने व्यवस्था गरेको, सरसफाई, पाल तथा राहात वितरणजस्ता कार्य जारी रहेको मोक्तानले बताए ।















प्रतिक्रिया